Climate change, gender and sexual and reproductive health and the interplay between excess and

Pulication Date: 2023

Languages:
Nepali

जलवायु परिवर्तन (Climate Change) भनेको के हो ?

 

कुनै पनि ठाउँमा कम्तीमा पनि ३० वर्ष वा त्यो भन्दा बढी औसत वर्षा र तापक्रममा आएको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ ।

जलवा यु परि वर्तन कसरी हुन्छ?

सूर्यका किरणहरु पृथ्वीमा पर्दछन् जस मध्ये केही भाग पृथ्वीले अवशोषित गर्छ भने केही भाग फर्केर जान्छ। त्यो फर्केर जाने क्रममा वायुमण्डलमा रहेका हरित गृह ग्याँसहरु जस्तै कार्वन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, आदिले ती किरणहरुलाई रोक्दछ। यस्ता ग्याँसहरुको मात्रा कम हुँदा चिसो हुने र बढी हुँदा तातो हुने गर्दछ। वायुमण्डलमा बाक्लिएको हरित गृह ग्याँसले कम्बल जस्तो काम गर्दछ अर्थात फर्किएको किरणहरुलाई यी ग्याँसहरुले रोकी वा युमण्डलमा तातो पन बढाउँछ। त्यसैले यी ग्याँसहरुले पृथ्वी जगतका लागि ज्यादै महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तर आजका दिनहरुमा मानवीय क्रियाकलापहरु जस्तै बढ्दो औद्योगीकरण, वन फँडानी , फोहो र, आदि बाट उत्पन्न हुने हरित ग्याँसहरुको अत्याधिक उत्सर्जन भइरहेको छ जसले गर्दा दिन प्रति दिन पृथ्वी को तापक्रम बढ्दो देखिन्छ। यो सम्पूर्ण प्रक्रियालाई विश्वव्यापी उष्णीकरण (Global Warming) भनिन्छ ।