Menu Close

आशय पत्र पेश गर्ने सम्वन्धी सूचना

प्रथम पटक प्रकाशित मिति:  २० मङ्सिर २०८१

आईपास नेपाल, प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतन सेवा सुदृढीकरणका लागि कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । यस संस्थाको आगामी दिनमा यौन तथा प्रजनन् स्वास्थ्य, जलबायु उत्थानशील स्वास्थ सेवा सम्वन्धी परियोजना सञ्चालन गर्ने योजना रहेकाले निम्न प्रदेश तहमा साझेदार संस्था छनौट गरी परियोजना कार्यन्वयन गर्नका लागि आशय पत्र आव्हान गरिन्छ । यसका लागि तल उल्लेखित योग्यता भएका गैर सरकारी संस्थाहरुले आशय पत्र पेश गर्न अनुरोध गरिन्छ ।

प्रस्तावित प्रदेशहरु: कर्णाली र लुम्बिनी

साझेदार संस्था छनौट गर्ने आधारहरु: तोकिएका प्रदेश अन्तर्गतका जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका, प्रदेश भित्रका एक भन्दा बढी जिल्लाहरु तथा समुदाय तहमा प्रजनन् स्वास्थ्यको क्षेत्रमा स्थानिय तहसंगको समन्वयमा कार्यक्रम सञ्चालन गरेको, नेपाल सरकारले तोकेको सबै आर्थिक तथा नीतिगत प्रावधान र समाज कल्याण परिषदले तोकेका मापदण्ड अनुरुप विकास कार्यक्रम सञ्चालन गर्ने आधार पुरा गरेको गैर सरकारी संस्थाहरु ।

आशय पत्र पेश गर्ने ठेगाना: 

आईपास नेपाल, नक्साल, काठमाडौ ।

वा

विषय: आशय पत्र पेश गरेको बारे भन्ने निवेदन सहित आशय पत्र [email protected] मा स्क्यान प्रति ईमेल गर्न सक्नु हुनेछ ।

आशय पत्र पेश गर्दा संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु

१. सम्वन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको गैर सरकारी संस्था दर्ता र नविकरण प्रमाण पत्र

२. समाज कल्याण परिषदसंगको आवद्धताको दर्ता र नविकरण प्रमाण पत्र

३. संस्थाको स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाण पत्र

४. कर चुक्ताको प्रमाण पत्र र कर छूटको प्रमाणपत्र

५. संस्थाको  विधान र नीतिहरु (मानव संशाधन श्रोत, आर्थिक तथा प्रशासनिक नीति)

६. संस्थाको गत दुई वर्षसम्मको लेखा परीक्षण प्रतिवेदन

७. विगतमा गरिएका कार्य/परियोजना विवरण, संस्थाको संरचना, मानव संशाधन श्रोत विवरण, संस्थाको वोर्ड विवरण, तथा पुर्वाधार सुविधा झल्किने प्रोफाइल

८. माथि उल्लेखित कागजातको छायाँ प्रति (फोटोकपी) संलग्न गरी काम गर्न चाहेको प्रदेश निवेदनमा उल्लेख गर्ने ।

आशय पत्र पेश गर्ने अन्तिम मिति: १० पौष २०८१