Menu Close

आइपासले दियो प्रदेश सरकारलाई स्वास्थ्य सामग्री

बुटवल । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सघाउ पु¥याउन आइपास नेपालले लुम्बिनी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
आइपास नेपालले शुक्रबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
लुम्बिनी प्रदेशका लागि शुक्रबार ह्याण्ड स्यानिटाइजर ५० लिटर, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) सेट ८० थान, सर्जिकल मास्क ८ हजार थान, केएन ९५ मास्क ३ सय थान लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको आइपास नेपालका लुम्बिनी प्रदेश संयोजक जीवन देवकोटाले जानकारी दिए ।

https://www.dainiklumbini.com/?p=12379&fbclid=IwAR3ZwXGCY_Sb5MT5wrOFF8GiGTkjv8nW_Pp37iiTuSvjodc67xBsOIpvDqA